फागुन १० काठमाडौं । राष्ट्रिय प्रजातान्त्रीक
पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहलाई
राष्ट्रप्रमुख बनाउन प्रस्ताव गरेका छन् ।
राष्ट्रपतिमा
दलीय सहमति नजुटिरहेको र पार्टी बिच राष्ट्रपतिको लागी भइरहेको खिचातानीका बेला
मिश्रले राष्ट्रपतिको भूमिका पार्टीगत रहेको भन्दै राष्ट्रप्रमुखमा ज्ञानेन्द्र
शाहको नाम प्रस्ताव गरेका हुन् । यसबारे उनले आप्नो सामाजिक
सञ्जाल फेसबुकमा लेखेका छन्, 'यस्तो स्थितिमा राजालाई
‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि ?
उनले
अगाडि लेखेका छन ‘राजा ज्ञानेन्द्रले केही दिन अगाडि भने झै, अब यो देश जोगाउन प्रजातन्त्रको
लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको
राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।’