माघ २३, चितवन । रास्वपा- राष्ट्रिय
स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । आजबाट चितवन
जिल्ला अदालतमा सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएकोले उनलाई प्रहरीको
जिम्मा लगाइएको जनाइएको छ ।
उनलाई भोलि
बिहीबार १० बजे अदालतमा पुन उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश चितवन
जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले गरेको हो ।
- न्युज बहार संवाददाता