Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रामचन्द्र पौडेलको भनाई- म राष्ट्रपति बनेर शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम हुदैन।

राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीच भिन्नता तपाईंहरू आफैले देख्नुहुनेछ।

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौँ। आफू राष्ट्रपतिमा निर्वाचित भएमा शितल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने राष्ट्रपति उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।

आज भइरहेको राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका पौडेलले पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम नहुने बताएका छन।

उनले आफू राष्ट्रपति निर्वाचित भएमा उदाहरणीय काम गर्ने समेत बताएका छन।

उनले भने, ‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीच भिन्नता तपाईंहरू आफैले देख्नुहुनेछ, म राष्ट्रपति भएर शितल निवासबाट बाहिर निस्कँदा जनताले कहिले पनि सास्ती व्यहोर्नु पर्दैन।’

  • न्युज बहार संवाददाता

थप