जेठ १८, काठमाडौँ । आज काठमाडौँमा सार्वजनिक यातायात व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली गण्डकी प्रदेश सरकारले जारी गरेपछि व्यवसायीहरुले देशव्यापी आन्दोलन घोषणा गरेका थिए । सोही आन्दोलन अन्तर्गत आज आइतबार यातायात व्यवसायीहरुले दिउँसो माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।
सार्वजनिक
यातायात सरह दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि यात्रु ओसार्न
दिँदा आफ्नो लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प
पारेका व्यवसायीहरुले आइतबार काठमाडौँमा प्रदर्शन गरेका हुन् ।
- न्युज बहार संवाददाता