फागुन
२३, काठमाडौँ। राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आजदेखि
मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरेको छ । राष्ट्रपतिको
निर्वाचन यही फागुन २५ गते हुँदैछ। मतदान भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म
जारी रहनेछ।
निर्वाचन
आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार
प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन
आचारसंहिता, २०७९
जारी गरिसकेको छ। निर्वाचनलाई विश्वसनीय,स्वतन्त्र, स्वच्छ,निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा
सम्पन्न गर्न मतदान हुने हुनाले मतदान दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन
मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन
आचारसंहिता, २०७९ मा
व्यवस्था गरिएको जानकारी सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले दिएका
हुन् ।
- न्युज बहार संवाददाता