चैत २९, रुपन्देही । सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । विद्यालय शिक्षा ऐन चाँडै आउने भएकोले शिक्षकहरू आन्दोलनमा बसिरहनुनपर्ने उनले जनाएका छन ।
प्रधानमन्त्री
ओलीले आज शुक्रबार बुटवलमा नेकपा (एमाले) ले रुपन्देही जिल्ला कमिटीले आयोजना
गरेको जागरण सभालाई सम्बोधन गर्दै अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र
आवाजलाई सुन्ने खालको सरकार भएकाले आन्दोलनमा रहिरहनु नपर्ने बताएका हुन ।
यस
विषयमा प्रधानमन्त्रीले भने ‘समस्याहरू छन् तर सडकमा गइरहनुपर्ने छैन, म शिक्षकहरूलाई
शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छु।’
उनका अनुसार
शिक्षकहरूले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर
विचार गर्नुपर्ने हुन्छ ।
- न्युज बहार संवाददाता