फागुन २१, कैलाली। आज
सुदुरपश्चिमका मुख्यमन्त्री
कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन्। आज दिउँसो १ बजे विश्वासको मत प्रयोजनका लागि बस्ने गरी
प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
२६ माघमा एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएर रावल पद मुक्त भएपछी प्रदेश प्रमुखले ठुलो दलको हैसियतमा कांग्रेसका कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। सोही केसमा यता माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने यसअघि नै स्पष्ट पारिसकेको छ।
मुख्यमन्त्री शाहलाई शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो। माओवादीका सांसद अक्कल रावलले बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको जानकारी दिएका छन।
- न्युज बहार संवाददाता