जेठ २०, काठमाडौँ। गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिनका लागि विपक्षी दलहरूले सर्त अघि सारेका छन्। विपक्षी दलहरूका अनुसार उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन भएमा उनलाई संसदमा बोल्न दिइनेछ ।
आज मंगलबार नयाँ बानेश्वर
स्थित संसद भवन मा बसेको विपक्षी दलहरूको बैठकले आफूहरूले उठाएको माग
सम्बोधन गर्न सत्ता पक्ष तयार भए गृहमन्त्रीलाई संसदमा बोल्न दिने निर्णय गरेको
हो।
- न्युज बहार संवाददाता