Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

वालकोटमा ओली र प्रचण्डको भेट ।

राष्ट्रपति निर्वाचनको विषयमा छलफल ।

  •   ४ वर्ष अघि | २५ माघ २०७९, बुधबार

माघ २५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् ।

ओलीको निवास बालकोटमा जारी भेटवार्तामा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

एमालेले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने र राष्ट्रपति आफूले पाउनुपर्ने भन्ने अडानमा राखेको छ । तर रास्वपा भने सरकारबाट बाहिरीसकेको छ ।

केही महत्वपूर्ण मन्त्रालय र सभामुख पद पाइसकेको नेकपा एमाले भने प्रधानमन्त्री प्रचण्डलाई फकाएर राष्ट्रपति पद पनि हात पार्ने रणनीतिमा देखिएको छ भने यता प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति आफुले रोजेको व्यक्तिलाई बनाउन चाहेका छन् । यसमै भागभण्डा नमिलेको कारण वर्तमान सत्ता गठबन्धन संकटमा पर्न सक्ने अनुमान धेरैले गर्न थालेका छन ।

थप