फागुन १८, काठमाडौं । नेकपा एकीकृत समाजवादीका
अध्यक्ष माधव कुमार नेपालसँग नेकपा एमालेका नेताहरुले आज भेटवार्ता गरेका छन् ।
आज बिहान अध्यक्ष नेपालसँग एमाले
उपाध्यक्ष र राष्ट्रपति पदका उम्मेदवार समेत रहेका सुवास नेम्वाङ अर्का उपाध्यक्ष
विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले तिनै जानाले भेटवार्ता गरेका हुन्
।
राष्ट्रपति
निर्वाचनका विषयमा आज एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा छलफल भएको
बुझिएको छ।
राष्ट्रपतिको निर्वाचनमा भोट
माग्न एमाले नेताहरु पार्टी कार्यालय आएको एकीकृत समाजवादीका एक नेताले बताएका छन।
- न्युज बहार संवाददाता