चैत १८, काठमाडौँ । सोमबार बिहानैदेखि त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएको छ ।
बिहानैदेखि मौसममा
आएको खराबीका कारण भिजिबिलिटी कम हुँदा समस्या भएको विमानस्थलका प्रमुख जगनाथ
निरौलाले जनाएका छन ।
विमानस्थलका प्रमुख जगनाथ निरौलाका अनुसार बिहानको भिजिबिलिटी १
हजार ६०० भन्दा कम रहेकोले थियो सोही कारण केही अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका
छन् । एयरलाइन्सका आफ्ना–आफ्ना नीति हुने गर्छन सोही
अनुसार आवश्यक भिजिबिलिटी नपुगेपछि उडान र अवतरणमा समस्या भएको हो ।
काठमाडौँ
अवतरणका लागि आएको जजिरा एयर र एयर इन्डियाको जहाज भारतको बनारस पुगेका छन भने कति
विमानहरू भैरहवामा डाइभर्ट गरिएको छ ।
- न्युज बहार संवाददाता