फागुन १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटिरहेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग निर्णायक र अन्तिम वार्ता गर्न लागेका हुन् । यसै सँगै आज शुक्रबार राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न सक्रिय राजनीतिक दलका शीर्ष नेताहरुको निर्णायक वार्ता हुँदैछ ।
सरकारको
नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल
दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्दै छन । अध्यक्ष केपी शर्मा ओलीसँग को वार्ता
भन्दा अघि नेपाली
कांग्रेससँग पनि वार्ताको तयारी गरिएको छ ।
प्रधआनमन्त्रीले
बिहीबार
साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीबीचको बैठकबाट
बाहिरिने क्रममा राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने
नजुटेको बताएका थिए ।
प्रधआनमन्त्रीले भनेका छन ‘फाइनल भइसकेको छैन, छलफल चलिराख्या छ । कुन दलले राष्ट्रपति पाउने
भन्ने अहिले निर्णय भइसकेको छैन । यस विषयमा शुक्रबार ओलीजीसँग फाइनल वार्ता
गर्छु।’ नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही
टुङ्गो नभएको पनि उनले बताएका थिए ।