Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

धनगढीमा झलनाथ खनालको उत्तर “चर्चा गरिदिएकोमा धन्यवाद।”

सबै पार्टीहरू राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।

  •   ४ वर्ष अघि | २ फाल्गुन २०७९, मङ्लबार


फागुन २, धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नभएको बताएका छन् ।

प्रेस संगठन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता झलनाथ खनालले भने, ‘अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन् ।’ उनले आवश्यक परेमा राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरेका छन । राष्ट्रपतिमा  तपाईंको पनि चर्चा चलेको छ नि भन्ने जिज्ञासामा खनालले भने, ‘चर्चा गरिदिएकोमा धन्यवाद ।’भन्ने जवाफ दिएका थिए ।

राष्ट्रपतिको निर्वाचनको हकमा सबै राजनीतिक दलले सोचेर बुझेर सही तरिकले निर्णय लिनु पर्ने उनको भनाई छ । राष्ट्रपति निर्वाचन भनेको महत्वपूर्ण एजेन्डा भएको र यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,’ खनालले भने, ‘त्यसका लागि सबै पार्टीहरू राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’

थप