पुस ७, काठमाडौँ । सरकारले तोकेको समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले स्पष्ट पारेका छन्। उनले निर्वाचन आयोजनाका लागि आवश्यक पूर्वतयारी अघि बढिरहेको पनि जानकारी दिए।
मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको
पहिलो जिल्ला भेला तथा कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले
एक महिना अघिमात्र सुरु भएको उज्यालो नेपाल अभियान अहिले पार्टीको रूपमा विस्तार
हुँदै देशभर फैलिएको बताए।
उनले भने, “सात–आठ दशकदेखि सक्रिय
पुराना राजनीतिक दललाई पराजित गर्दै बहुमत हासिल गरेर सरकार गठन गर्ने आँट यस
पार्टीले देखाएको छ।”
- न्युज बहार संवाददाता