फागुन १०, काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।
यही २५ गते राष्ट्रपतिका लागी निर्वाचन हुदै सोही निर्वाचनको लागी अहिले प्रमुख दलहरु बिच दौडधुप चलरहेको छ । २५ गते हुने निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता गराईसक्नु पर्ने छ सोही उम्मेदवारी दर्ता गर्नु भन्दा पहिले नै दलहरु सहमति गर्ने हेतुले लागीपरेका छन् । तर कतै कुनै भेटवार्ताले पनि सहमति हुन सकेको छैन ।
यसै सिलसिलामा देउवाले बालुवाटार जानुअघि आफ्नै निवासमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गरेका थिए । कांग्रेसले सहित अन्य सबै दलहरुले राष्ट्रपति निर्वाचनमा आफूले उठाउने उम्मेदवारका लागि सहमति जुटाउन प्रयास गरिरहेको छ ।