Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेकपा एमालेका मन्त्रीहरुले बुझाए संयुक्त राजीनामा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका मन्त्रीहरुले संयुक्त राजीनामा बुझाएका छन् ।

  •   ४ वर्ष अघि | १५ फाल्गुन २०७९, सोमवार

फागुन १५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका मन्त्रीहरुले संयुक्त राजीनामा बुझाएका छन् ।  एमालेको आज बिहान बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँने र सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेका मन्त्रीहरु प्रधानमन्त्रीलाई राजीनामा बुझाउन बालुवाटार पुगेका हुन् ।उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित अन्य ८ मन्त्री नेकपा एमालेबाट सहभागी थिए । विष्णु पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता शपथ लिएका ग्रहण गरेका थिए । यस अघी नेकपा राप्रपाले पनि सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको घोषणा र राजिनामा बुझाइसकेको छ।

उपाध्यक्ष पौडेलले आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले नेकपा एमाले र एमालेले प्रतिनिधित्व गरेका मन्त्रीहरूप्रति गरेको व्यवहार र टिप्पणीका कारण आफूहरू सरकारबाट बाहिरिन बाध्य भएको बताएका थिए । उनले भने, ‘राष्ट्रपतिको निर्वाचनमा सहमति नमिलेको भएपनि सरकारलाई दिएको समर्थन र सहयोग गरेर काम गर्ने सोचमा हामी थियौँ । तर त्यसको ठिक विपरित पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले नेकपा एमाले र एमालेबाट प्रतिनिधित्व गर्नु भएको मन्त्रीहरुप्रति गरेको अभिव्यक्ति र व्यवहारले गर्दा हामी सरकार छाड्ने निर्णयमा पुगेका छौं।’

  • न्युज बहार संवाददाता

थप