मंसिर १८, काठमाडौँ । नेपाललाई विभिन्न
परियोजना सञ्चालन गर्न चीनले ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ ।
प्रधानमन्त्रीको चिन भ्रमणका क्रममा चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको हो । अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखका अनुसार यो सहायताबाट चीन र नेपालले पहिचान गरेका परियोजनाहरु चिनियाँ सहयोगमा बन्ने छ ।
- न्युज बहार संवाददाता