जेठ ६, काठमाडौँ । मंगलबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका हुन । यसअघि सोमबारको मन्त्रिपरिषद् बैठक दुई दलबिच गभर्नर नियुक्ति गर्न सकस परेसँगै स्थगित भएको थियो ।
आज
मंगलबार
ओली र देउवाबिच करिब एक घण्टा छलफल भएपछि साँझ मन्त्रिपरिषद् बैठक बोलाएर गभर्नर
नियुक्त गर्नेबारे सहमति जुटेको जनाइएको छ ।
दुई
दलबिच भएको सहमति अनुसार कांग्रेस निकट विश्व पौडेल गभर्नर बन्ने देखिएको छ ।
- न्युज बहार संवाददाता