कात्तिक
१०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबारे पूर्वप्रधानमन्त्री
एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो
धारणा राखेका छन् । भट्टराईका धारणा अनुसार बालेनको लोकप्रियताका बिच उनको
वास्तविकता बुझ्न सकिएको छैन ।
यसबारे भट्टराईले
भने ‘बालेन के
हुन् भन्ने मैले बुझेको छैन, उनी एकखालको रहस्यमय पात्र जस्तो देखिन्छ।’
प्रमुख
सञ्चारमाध्यमका सम्पादकका साथै पत्रकारहरूसँगको आज
शनिबार
राजधानीमा आयोजित छलफलमा भट्टराईले यस्तो भनेका हुन । उनले भने ‘ट्रकहरूमा पनि बालेनको फोटो देखिन्छ, उनी हेर्दा पलपुर पनि
देखिन्छन।’
भट्टराईका
अनुसार सामाजिक सञ्जाल हेर्दा पनि बालेनको लोकप्रियता देखिएको छ तर, उनको वास्तविकता स्पष्ट छैन।
हाम्रो
जस्तो जटिल भूराजनीतिक संरचनामा यस्तो पृष्ठभूमिमा बढो खतरनाक हुन सक्नेछ ।
- न्युज बहार संवाददाता