कात्तिक ८, पोखरा । पूर्वगृहमन्त्री तथा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन
म्याद थपिएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीधको इजलासले
थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।
कात्तिक २ गते रवि लामीछाने पोखरास्थित
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका थिए ।
- न्युज बहार संवाददाता