फागुन
२४, काठमाडौँ । राष्ट्रपति पदको निर्वाचनको लागी निर्वाचन आयोगले सम्पुर्ण तयारी
पूरा भएको जनकारी दिएको छ। निर्वाचन आयोगका
प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोलि बिहिबार नयाँ बानेश्वरस्थित संसद भवनको
ल्होत्से हलमा निर्वाचनका लागि मतदान केन्द्र तयार पारिएको जानकारी दिएका छन।
निर्वाचन
आयोगले बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म लाई मतदानको समय तोकेको छ। बानेश्वरस्थित
संसद भवनको ल्होत्से हलमा २ वटा मतदान केन्द्र राखिएकोछ जस मध्ये एउटा मतदान
केन्द्रमा संघका सांसदहरुले मतदान गर्नेछन् भने अर्को मतदान केन्द्रमा प्रदेश
तर्फका सांसदले मतदान गर्नेछन्। राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश तर्फका ८
सय ४२ सांसदले मतदान गर्नेछन्। आयोगले भोलिको निर्वाचनका लागि आवश्यक पर्ने सम्पुर्ण
मतपत्र बानेश्वर पठाइसकेको छ।
राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको नाम र
फोटो हुने तर निर्वाचन चिन्ह नहुने पौडेलले बताएका छन । पौडेलले भने– ‘मतपत्र
छपाई गरेर आयोगले निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पठाइसकेको छ ।
मतपत्रमा सम्बन्धित उम्मेदवारको नाम र तस्विर पनि रहेको हुन्छ । मतपत्रको कोठाभित्र
स्वस्तिक छाप लगाएर मत संकेत गर्नुपर्ने हुन्छ ।’
मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान
गर्नुपर्नेछ।
- न्युज बहार संवाददाता