फागुन
१४, काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेर
उनको ठाउँमा पूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई स्वीट्जरल्याण्ड
पठाइएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेर प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डले उनको ठाउँमा बन्दी सहित तिन जानालाई पठाएका हुन् । आज आइतबार परराष्ट्रमन्त्री पौड्याल संयुक्त
राष्ट्रसंघको मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन जेनेभा जाने अन्तिम तयारीमा
थिइन् ।
अन्तिम
समयमा आएर प्रधानमन्त्रीले मुख्यसचिवलाई फोन गर्न लगाएर उनको भ्रमण रोकेका थिए ।
परराष्ट्रमन्त्रीको भ्रमण रोकेर उनको ठाउँमा जेनेभा जानेमा बन्दीसहित
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव तथा
प्रवक्ता सेवा लम्साल रहेका छन् ।