फागुन
२३, काठमाडौँ। अबको संसदबाट छिट्टै नागरिकता सम्बन्धी विधेयक पास भएर जाने
अवस्थामा आएको राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले बताएकी छन्। उनले यसअघि तयार भइसकेको मस्यौदा फेरि
प्रक्रिया पुरा गरेर संसदमा लगेर पास गर्नुपर्ने
अवस्थामा पुगेको उल्लेख गरेकी हुन।
महिला
कानुन र विकास मञ्चले आयोजना गरेको ‘म बाट महिलावाद प्रविधिको प्रयोगबाट
हुने यौनिक तथा लैङ्गिक हिंसाको प्रतिरोध’ विषयक कार्यक्रममा मंगलबार काठमाडौँमा
बोल्दै उपाध्यक्ष अर्यालले हिजो नागरिकता विधेयक पास गर्ने सहमतिमा रहेका दलहरूले
पुनःएकपटक एकजुट भएर नागरिकता विधेयक छिटो पास हुने अवस्थामा लानु पर्ने उनको भनाई
छ ।
- न्युज बहार संवाददाता