फागुन २३, काठमाडौं। राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बोलाएको छ ।बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन।
प्रवक्ता मोहन श्रेष्ठले भने ‘उक्त
बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुनेछ, हामी खुला
छलफल गर्छौं, जे गर्न पर्ने हो त्यही निर्णय गर्छौं।’
राष्ट्रपतिमा
नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् दुई जना
मध्ये राप्रापाले कसलाई, भोट दिने वा नदिने भन्ने निर्णय आज हुने छ।
- न्युज बहार संवाददाता