जेठ
१९, सिन्धुली। मध्यपहाडी राजमार्गमा
पर्ने गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट एउटा जीप सुनकोशी नदीमा
खसेको छ। उक्त जकिप आज सुनकोशी नदिमा खस्दा जीपमा सवार रहेका तीन जना बेपत्ता भएको
प्रहरीले जनाएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका छन।
जीपमा जम्मा चार जना सवार रहेको र एक जना भने जीवितै सुनकोशी नदीबाट निस्कन सफल भएको र बाँकी तीन जनाको अवस्था अज्ञात रहेको दाहालले बताएका छन।
- न्युज बहार संवाददाता