बैशाख १९, काठमाडौँ । आज बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक
दिवस मनाइँदै छ ।
विश्वभर
आज ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ श्रमिक दिवस मनाइँदै
छ।
आजको अन्तर्राष्ट्रिय
श्रमिक दिवसलाई विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्ने र श्रमिक
अधिकारको रक्षा तथा प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा लिएका
छन।
यस
दिवसले मर्यादित हालसम्म भएका काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि भएका
आन्दोलन र उपलब्धिलाई स्मरण गराउने गरेको छ । यस दिनले मजदुरका पक्षमा लाग्न
प्रेरित पनि गर्ने गरेको छ ।
प्रत्येक श्रमिकका लागि
उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक तथा नागरिकको रोजगारीको
हकलाई सुनिश्चित गरी नेपालको संविधानले त्यसलाई प्रत्याभूत समेत गरेको छ ।
संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज मजदूर दिवसका अवसरमा भृकुटीमण्डपमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्ने लागेको छ ।
उक्त समारोहअघि नयाँ सडकबाट
र्यालीको आयोजना
- न्युज बहार संवाददाता