भदौ ३०, काठमाडौँ । तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु र जिल्ला प्रहरी परिसर, काठमाडौँ रहेको समिति बनाएका हुन् ।
गएराति दिव्य सःमिल तिनकुनेमा धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ र अन्य एक जना गरी ४ जनाको हत्या भएको थियो ।
- न्युज बहार संवाददाता