असार
२५, काठमाडौँ । भारतमा गएको पहिरोमा परि एकै घरका तीन जनाको मृत्यु भएको छ।
भारतको
हिमाञ्चल प्रदेश, सिम्ला
जिल्लाको क्यारामा गएको पहिरोमा पुरीएर तीन जना नेपालीको मृत्यु भएको हो।
आज सोमबार बिहान रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका-९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको वलीका आफन्तले बताएका छन।
- न्युज बहार संवाददाता