असार २१, भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी गराएको छ।
नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने बोर्डले तयारी थालेको जनाएको छ ।
उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता