असार
३, काठमाडौँ। तमोर नदीले धनकुटामा रहेको खतराको
तह पार गरेको छ।
नदीले
खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बताएको
हो।
नदीले
खतराको तह पार गरेसँगै तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन
अनुरोध गरिएको छ।
अहिले बाढीपहिरोका कारण कोशी प्रदेश अशान्त बनेको छ। संखुवासभा,
पाँचथर र ताप्लेजुङमा बाढि पहिरोमा परि अहिलेसम्म २५ जना बेपत्ता भएको र एक जनाको
शव फेला परेको प्रहरीले जनाएको छ।
- न्युज बहार संवाददाता