Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बाढीले क्षति पुर्‍याइएको झोलुङ्गे पुलको मर्मत कार्य सुरु ।

  •   ३ वर्ष अघि | २ भदौ २०८०, शनिबार

भदौ २, गोरखा । आइतबार राति त्रिशूली नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएको झोलुङ्गे पुलको मर्मत कार्य सुरु भएको छ। 

गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले गोरखा जिल्लको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल मर्मत सुरु भएको जानकारी दिएका छन ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि सोमबार देखी नै आवतजावत बन्द भएको छ । तिमिल्सिनाले गाउँपालिकाले तत्काल पहल गरी स्थानीय पूर्वाधार विभागबाट प्राविधिकको टोली झिकाएर पुल मर्मत सुरु गरिएको बताएका छन । 
अध्यक्ष तिमिल्सिनाले त्यसै दिन त्रिशूली नदीकै बाढीले क्षति पुर्‍याएको गण्डकी गाउँपालिका–७ ध्याल्चोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ जोड्ने धवादीघाट माथिको झोलुङ्गे पुल मर्मत भने आजदेखि मात्र सुरु हुने जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप