Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२४ घण्टादेखि हराइरहेकी बालिका मृत फेला, शव नग्न अवस्थामा भेटिएयो

  •   ३ वर्ष अघि | २९ मंसिर २०८०, शुक्रबार

मंसिर २९, जनकपुर । धनुषा जिल्लामा २४ घण्टादेखि हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

धनुषा जिल्लाको सबैला नगरपालिका २ कुसमहा सतोखरकी ६ वर्षीया बालिका रेखा यादवको शव पोखरी नजिक पानी जमेको खाल्डोमा भेटिएको हो । उनको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बालिकाले लगाएका कपडाहरु खाल्डो छेउमा फेला परेको छ ।

प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बिहीबार बेलुका ७ बजे शव फेला परेको जानकारी दिएका हुन । प्रहरी उपरीक्षक शर्माका अनुसार शवको प्रकृतिले घटना शंकास्पद देखिएको छ भने अहिले अनुसन्धान जारी रहेको छ ।

बुधबार ती बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा सहभागी भएकी सबैला नगरपालिकाका मेयर कारीराम यादवले बताएका छन । ती बालिका रथमै चढेर सतोखर पोखरीसम्म आएकी थिइन् भने उनलाई रथबाट २-३ जना युवकले उतारेका थिए । त्यसदिन घर नआएपछी उनको खोजीका लागी अभिभावकले इलाका प्रहरी कार्यालय सबैलालाई जानकारी गराएका थिए ।

खिजि कार्य भइरहँदा खेतमा खनेको खाल्डोमा बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईले जानकारी दिएका छन ।

प्रहरी निरीक्षक चौलागाईंका अनुसार घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिने छ । प्रहरीले बालिकालाई रथबाट उतार्ने दुईजना युवालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । 

  • न्युज बहार संवाददाता

थप