असोज १२, काठमाडौँ । काठमाडौँको नागढुंगा
नजिकै झ्याप्लेखोलामा पहिरोमा पुरिएको माइक्रोबसबाट १४ जना व्यक्तीको शव निकालिएको
छ ।
धादिङ
जिल्लाको झ्याप्ले खोलामा शनिबार बिहान पहिरो जाँदा माइक्रोबसहरु पुरिएका थिए । सोही
बस पुरिएको स्थानबाट लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट १४ जनाको शव निकालिएको हो ।
जिल्ला
प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार १४ जना एकै
माइक्रोबसका यात्रु रहेको र उनिहरुको शव पहिरोबाट निकालिएको हो । उक्त माइक्रोबस
१३ जना यात्रु लिएर शुक्रबार बिहान बुटवलबाट काठमाडौँको लागि छुटेको थियो । माइक्रोबसका
चालक सहित १३ यात्रु सबै शुक्रबार राती नै पहिरोमा पुरिएका आशंका गरिएको छ ।
प्रहरीले पहिरोमा
अरु बसहरु पनि पुरिएको हुन सक्ने आशंकामा खोजी जारी राखेको छ ।
- न्युज बहार संवाददाता