साउन ५, सुनसरी । सुनसरी जिल्लाको धरान सडकखण्डमा गोली प्रहारबाट विराटनगरका एक जना युवकको हत्या भएको छ ।
आज शुक्रबार बेलुका विराटनगर महानगरपालिका वडा नम्बर ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको हो ।
चौधरीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार हुँदा दाहिने कोखमा गोली लागेको र उपचारको क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको हो।
उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता