पुस २६, काठमाडौँ । सर्लाही जिल्ला अदालतले तपश्वीको भेषमा आश्रम खोलेर
अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन
आदेश दिएको छ।
स्रेस्तेदार
सदन अधिकारीका अनुसार बिहीबार सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद
रेग्मीको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।
स्रेस्तेदार
सदन अधिकारीका अनुसार बिहीबार सात जना वकिलहरूले बहस गरेका गरेकोमा प्रतिवादी बमजनका तर्फबाट पाँच
जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन। आज अदालतमा बमजनले
१२-१४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा
सुनुवाइ भएको थियो।
२०७६ माघ
२३ गते बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो भने
उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले राति साढे
७ बजे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौडास्थित उनको घरबाटै पक्राउ गरिएको
थियो।
- न्युज बहार संवाददाता