असार २२, काठमाडौँ । एलओडीका अर्का सञ्चालक पनि पक्राउ परेका छन। ठमेलस्थित नाइट क्लब लर्डस् अफ ड्रिंक्स (एलओडी)का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा पक्राउ परेका छन् ।
नाइट क्लब एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले सञ्चालक श्रेष्ठलाई आज शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरेको जानकारी दिएका हुन ।
यस विषयमा हिजो अर्का सञ्चालक राजु सिंह सुवाल पनि पक्राउ परेका थिए। उनिहरु दुबैलाई क्लबमा उमेर नपुगेका व्यक्ति प्रवेश गराएको विषयलाई लिइ अनुसन्धान गर्न पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता