Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ उपत्यकामा शुक्रबार र शनिबार परेको वर्षाले गरेको रेकर्डब्रेक

  •   २ वर्ष अघि | १२ असोज २०८१, शनिबार

असोज १२, काठमाडौँ । शुक्रबार देखि निरन्तर परेको वर्षाले काठमाडौँ उपत्यकामा रेकर्डब्रेक गरेको छ । काठमाडौँ उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको बताइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको हो । यो रेकर्ड ब्रेक वर्षाले ठुलो धनजनको क्षति गराएको छ ।

शुक्रबार देखि निरन्तर परेको वर्षाले तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँमा गरेर ३४ जनाको मृत्यु समेत भएको छ । बढीका कारण १५ जना घाइते छन् । प्रहरीका अनुसार ४८१ जनाको उद्धार गरिएको छ र २१ जना हराइरहेका छन ।

उपत्यकाको बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र नभएर आसपासमा भएका संरचनामा समेत क्षति पुर्‍याएको छ । शुक्रबार र शनिबार गरि काठमाडौँ उपत्यकामा यति धेरै वर्षा भयो कि केही वर्षा मापन केन्द्रमा यस वर्षाले रेकर्ड नै तोडिएको छ ।

ललितपुरको चापागाउँमा सबैभन्दा बढी वर्षा भएको छ । 

  • न्युज बहार संवाददाता

थप