असार २३, काठमाडौव । संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया काठमाडौँ महानगरपालिकाले सुरु गरेको छ ।
महानगरपालिका आफैंले संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकोले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको हो । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको बारे महानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी जानकारी गराएको छ ।
महानगरपालिकाले ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको जनाएको हो । महानगरले आवेदन अनलाइनबाटै साउन १२ गतेसम्म भर्न सकिने र आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिका सार्वजनिक गरेको छ ।
- न्युज बहार संवाददाता