Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि नेपालमा तीनदिने चट्याङ र यसको रोकथामका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७, काठमाडौँ । आजदेखि नेपालमा तीनदिने चट्याङ र यसको रोकथामका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । उक्त सम्मेलन ललितपुरमा हुने छ भने यस सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहने भएको छ । 

यस सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने छन भने चट्याङविद् प्रा डा श्रीराम शर्माले ४४ जनाले सम्मेलनमा शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन ।

उनका अनुसार यस सम्मेलनमा अमेरिका, भारत, फ्रान्स, ब्राजिल, इजरायल, स्वीडेन, बङ्गलादेश, पाकिस्तान, अष्ट्रेलियालगायत देशबाट विज्ञको सहभागिता रहने छ ।

यो सम्मेलन असोज १९ गतेसम्म चल्ने छ । यस सम्मेलनमा विश्वमा चट्याङको अवस्था, यसको रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल हुने बताइएको छ ।

थप