असार १२, काठमाडौँ । अहिले चितवनका विभिन्न
स्थानहरुमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान
महाशाखाले भारी वर्षासँगै चितवनका खोला तथा नदीहरमा बाढी आउने चेतावनी जारी गरेको
छ ।
चितवनको
माडीस्थित कल्याणपुर वर्षा मापन केन्द्र र आसपासमा पछिल्लो ३ घण्टामा १०४ मिलिमिटर
वर्षा भएको र चर्चरेमा १०० मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
रिउखोला र
यसका सहायक नदीहरूमा आकस्मिक बहावको सम्भावना देखिएकोले तटीय क्षेत्र र डुबान
भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखा अलर्ट जारी गरेको
छ । बिशेष गरी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको
हो ।
- न्युज बहार संवाददाता