असार २१, बाँके। पाटेबाघको छाला र हड्डीसहित बाँकेको कोहलपुरबाट चार जना पक्राउ परेका छन् ।
कोहलपुर-११ हाम्रो बजारबाट इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरोको टोलीले पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित चार जनालाई पक्राउ गरेको हो ।
डिभिजन वन कार्यालयले अहिले चारै जनाबारे थप अनुसन्धन गरिरहेको छ ।
- न्युज बहार संवाददाता