Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भूकम्पले चर्किएका संरचना भत्किँदा पाँच जना घाइते

  •   ३ वर्ष अघि | १ मंसिर २०८०, शुक्रबार

मंसिर १, जाजरकोट । जाजरकोटलाई केन्द्रबिन्दु बनाइ कात्तिक १७ गते मध्यराति गएको विनाशकारी भूकम्पका कारण चर्किएका संरचनाहरू फेरि भत्किँदा दुई जिल्लामा पाँच जना घाइते भएका छन्। 

जाजरकोटमा एक र रूकुम पश्चिममा चार गरी पाँचजना घाइते भएका हुन । 

जाजरकोटमा चर्किएको संरचनाभित्र तिहारको टीका लगाइ रहेका उनीहरूमाथि घरका डाँडाभाटा झरेर चोटपटक लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले जनाएका छन भने रूकुम पश्चिममा चर्किएको घर छेउबाट हिड्ने क्रममा घरको ढुङ्गा खसेर एक जना घाइते भएका हुन।

स्थानीय प्रशासनले प्रभावित क्षेत्रका बासिन्दालाई भूकम्पले चर्किएका, भत्किएका संरचना नजिक वा भित्र नजान आग्रह गर्दै आएको छ। 

  • न्युज बहार संवाददाता

थप