भदौ १, काठमाडौँ । चितवन मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका एक विद्यार्थी पक्राउ परेका छन । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबिबिएस पढ्दै गरेका एक विद्यार्थी चितवन मेडिकल कलेजबाट पक्राउ परेका हुन ।
नेपाल
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बिहीबार राति चितवनबाट सप्तरीको
राजविराज-७ ठेगाना भएका विद्यार्थीलाई पक्राउ गरेको हो।
उक्त विद्यार्थी
चितवन मेडिकल कलेजमा एमबिबिएसको अन्तिम सेमेष्टरमा पढ्दै गरेको बताइएको छ ।
उनले
काठमाडौँको सेन्ट जेभियर्स कलेजबाट एमबीबीएस अध्ययनका लागि आइएससी पास भएको
प्रमाणपत्र पेस गरेको बताइएको छ ।
- न्युज बहार संवाददाता