मंसिर ११, गण्डकी । आइतबारदेखि पोखरास्थित यातायात व्यवस्था कार्यालयले कार्यालयमा
दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको
छ ।
यातायात
व्यवस्था कार्यालय प्रमुख डिल्ली रिजालले ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई
आधिकारिक कागजात उपलब्ध गराइने जानकारी दिएका हुन ।
उहाँका
अनुसार यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता
हुने सवारीसाधनमा ‘इम्बोस्ड
नम्बर प्लेट’ जडानलाई
अनिवार्य गरिएको हो ।
- न्युज बहार संवाददाता