कार्तिक
५, काठमाडौँ । आज बिहान धादिङको खरी आसपास
केन्द्रबिन्दु भएर
६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा सो भूकम्प गएको पुष्टी गरेका हुन ।
आजको भुकम्पको झड्का ललितपुर, काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट धादिङ, काभ्रेपलाञ्चोक, चितवनलगायत जिल्लामा महसुस गरिएको छ।
- न्युज बहार संवाददाता