Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भुकम्प अपडेट : धादिङ केन्द्रविन्दु भएर लगातार भुकम्पको धक्का

  •   ३ वर्ष अघि | ५ कार्तिक २०८०, आइतवार

कार्तिक ५, काठमाडौँ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो शक्तिशाली भूकम्प गएपश्चात् धादिङमा लगातार परकम्पहरू गइरहेका छन् । धादिङको खरी आसपास केन्द्रविन्दु भएर आज बिहान  ७ बजेर ३९ मिनेट जाँदा ६.१  म्याग्निच्युडको भुकम्प गएको हो ।

त्यसयता लगातार स–साना परकम्पहरू गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सल्यानटार केन्द्रविन्दु भएर आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछी धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने धादिङ नै केन्द्रविन्दु भएर ८ बजेर ५९ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । 

  • न्युज बहार संवाददाता

थप