Breaking News
शिक्षामन्त्री सुमना श्रेष्ठले मागिन शिक्षक सरुवा मापदण्डका लागि सुझाव    ||     आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकको गिरावट    ||     २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेन्द्र शाहको घोषणा    ||     रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने व्यवस्था फेर्नुपर्छ : गृहमन्त्री रवि लामिछाने    ||     दुई महिनामा सुन्तलाको तीन गुणा बढी मुल्य पाउँदा किसान खुशी    ||     विपक्षी दलहरूका कारण आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध    ||     बलिउड अभिनेता सलमान खानको निवास बाहिर हवाई फायरिङ    ||     आज आइतबार कुन मुद्रको खरिद बिक्री दर कति?    ||     एकै दिन यती धेरै घट्यो सुनको मुल्य    ||     बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिने तयारीमा अख्तियार    ||    

सामाजिक संजालमा #BoycottCAN अभियान ।

नेपाल क्रिकेट संघ क्यानको विरोधमा #BycottCAN

  •   १ वर्ष अघि | २० माघ २०७९, शुक्रबार

माघ २०, काठमाडौं । समाजिक सञ्जालमा युवा क्रिकेटर सन्दीप लमिछानेलाई राष्ट्रिय क्रिकेट टोलिमा समाबेश गराएको भन्दै नेपाल क्रिकेट संघ क्यानको विरोध सुरु भएको छ। बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै केही सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले #BoycottCAN को अभियान सुरु गरेका छन। उनीहरुले भोलि माघ २१ गते शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न घोषणा समेत गरेका छन। त्यसैगरी सबैलई विरोध प्रर्दशनमा उपस्थित हुनको लागी आह्वान पनि गरेका छन्।


सामाजिका सञ्जाल ट्विटरमा बसन्त गौतमले #BoycottCAN भन्दै ट्वीट गरेका छन्, ‘फौजदारी अभियोग लागेको एउटा व्यक्तिलाई त्यसको अन्तिम फैसला आउनुअघि नै लोकप्रिय खेलमार्फत देशको प्रतिनिधित्व गर्ने ठाउँमा पुर्‍याएर क्यानले नेपाली क्रिकेट क्षेत्रमा नैतिकता र सार्वजनिक मर्यादा जस्ता विषयले महत्व राख्दैनन् भन्ने जनाउ दिएको छ । त्यसै गरी माइतीघरमा भेला हुन आग्रह गर्दै हिमाले ट्वीट गरेकी छिन्, ‘भोलि शनिबार १ बजे माइतीघर मण्डला, नागरिक मौन बस्दैन ! सरकार, प्रतिपक्षि नभएको सरकार र क्यान #BoyCottCAN’ यस्तै ट्वीटको संख्या अहिले बढिरहेको छ । सामाजिक संजालमा #BoycottCAN अभियान को अभियान  नै चलेको छ ।


  • bahar@gmail.com

थप