भदौ २८, काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहलाई प्रतिष्ठित टाइम म्यागजिनले यसवर्षका सय उदयीमान व्यक्तीको सुचिमा समावेश गरेको छ । ‘टाइम हन्ड्रेड नेस्क्ट’ भन्ने विषयमा म्यागजिनले तयार पारेको सूचीमा बालेनको नाम पनि समावेश रहेको छ ।
टाइम म्यागजिनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गरेको छ । त्यसैगरी म्यागजिनले सरसफाइ, फोहोर विसर्जन, सफा सडक, सुरक्षित पिउने पानी र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा शाहले योगदान दिएको बताएको छ ।
- न्युज बहार संवाददाता