Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित

  •   ३ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

मंसिर २८,  बागलुङ । बागलुङ जिल्लामा जथाभावी फोहर फाल्दा त्याहाँको बडिगाडखोला दुर्गन्धित बन्न पुगेको छ ।

फोहरको ढङ्गुरले बुर्तिबाङबोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार भरिएको छ । त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै दैनिक हजारौँ यात्रु यात्रा गर्छन् । बागलुङको बुर्तिबाङ बजार दश नमूना सहरमध्येमा पर्ने सहर हो । त्याहाँ बस्ती विस्तारसँगै जनघनत्व बढ्ने क्रममा छ । यसैको गर्दा कारणले दैनिक फोहर पनि बढ्दै गएको छ ।

ढोरपाटन नगरपालिका३ बाघखोरस्थित तमानखोलामा बजारबाट निस्कने फोहर फाल्ने गरिएको छ । छ वर्षदेखि नगरपालिकाले तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहर फाल्दै आएको छ ।

बजारको फोहर फाल्ने ठाउँ साँघुरो रहेको र त्याहाँ फालेको सबै तमानखोलामा पुग्ने गरेको छ । खोलामा फालेको फोहोर पुनः खोलाले बगाएर बजारसम्म पुर्‍याउँछ । फोहरले तमानखोला प्रदूषित बनेको छ ।

तमानखोला भएर बगेको फोहर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा मिसिने गरेको छ ।

देशकै नमूना सहर भनिए पनि नगरपालिका र नयाँ सहर आयोजना फोहर व्यवस्थापनमा चुकेको छ ।

यात्रुहरुलाई सडक छेउमा रहेको डम्पिङसाइडका कारण समस्या भएको  छ । नगरपालिकाको गाडीले बुर्तिबाङ बजारको फोहर दैनिक यही ल्याएर फ्याक्ने गर्छ । एकै ठाउँमा कुहिने तथा नकुहिने सबै फोहर फालिँदै आइएको छ ।

  • न्युज बहार संवाददाता

थप