पुस २४, काठमाडौँ
। ‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ परेका
छन । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जन लाई पक्राउ
गरेको जानकारी दिएको छ ।
केन्द्रिय
अनुसन्धान ब्यूरोको टोलीले बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई
पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
प्रहरीले
बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि लामो समयदेखि उनको
खोजी गरिरेको थियो ।
- न्युज बहार संवाददाता